१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी विकास बैंकको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:४६:oo

लुम्बिनी विकास बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीलाई पोसाक वितरण तथा कर्मचारीलाई सम्मान गरेको हो । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टोखा नगरपालिकाको धापासीमा रहेको ‘पवित्र समाज सेवा नेपाल’मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको बैंकले जनाएको छ । वार्षिकोत्सवकै अवसरमा संस्थामा २० वर्षभन्दा बढी विभिन्न तह र जिम्मेवारीमा रही सेवा प्रदान गरेका १२ जना कर्मचारीलाई सम्मान गरेको जनाइएको छ । सञ्चालक समितिका सम्पूर्ण सदस्य र व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले संयुक्त रूपमा कर्मचारीलाई दीर्घ सेवापदक र मायाको चिनो प्रदान गरेको उल्लेख छ । 

बैंकले हाल देशका सातवटै प्रदेशमा ८९ शाखा तथा एक एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ । त्यस्तै, ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रूपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि १० गुणासम्म हुने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको जनाइएको छ ।

ad
ad