१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसद्लाई आश्वस्त नपारे प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : गोकुल बास्कोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:३३:oo

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तास्वार्थका निम्ति देशको सार्वभौमसत्ता साट्न नसकिने बताएका हुन्।

‘एक माघले जाडो जाँदैन, राजनीतिमा एकले अर्कालाई वाच गरिरहेको हुन्छ भन्ने कुरा स्मरण गराउन चाहन्छु। उहाँले राजीनामा दिनुपर्छ, हाम्रो भनाइ त्यही हो। उहाँले एक्सक्युज गर्नुपर्छ। उहाँको भनाइ स्पष्ट रूपमा हामीलाई, यो सार्वभौम संसद्लाई, यसमार्फत दुई करोड ९१ लाख नेपाली जनतालाई आश्वस्त पार्ने खालको आउँछ कि आउँदैन, हाम्रो पर्खाइ त्यो हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले संसद्लाई स्पष्ट पार्नुपर्दछ। उहाँले सक्नुहुन्छ भने देशका लागि उभिने आँट गर्नुस्। पद छोडिदिनुस्। सत्तास्वार्थको निम्ति देशको सार्वभौमसत्ता साटिँदैन।’

आफूमाथि गम्भीर प्रश्न उठेपछि सदनलाई विश्वास लिनुपर्नेमा प्रधानमन्त्रीले कोसी प्रदेश सरकारमा राजनीतिक ‘कु’ गरेकाे बास्कोटाको आरोप थियो। उनले भने, ‘यति गम्भीर प्रश्न उठाएपछि हाम्रो आशा थियो, हाम्रो विश्वास थियो– प्रधानमन्त्रीले सदनलाई विश्वासमा लिनुहुन्छ। आफ्नो कुरा प्रस्ट पार्नुहुन्छ। तर, गठबन्धनको बैठक राखेर, कोसी प्रदेशको सन्दर्भमा समेत त्यहाँको सरकारमा राजनीतिक ‘क’ गर्ने काम गरे। संविधान च्यात्ने काम भयो।’

ad
ad