Skip This
बतास एमएडब्लू कमर्सियल भेहिकल्सको फाइनान्सियर्स  भेला सम्पन्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २४ आइतबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २४ आइतबार १७:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बतास एमएडब्लू कमर्सियल भेहिकल्सको फाइनान्सियर्स  भेला सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २४ आइतबार १७:२५:oo

आइसर कमर्सियल भेहिकलको नेपालको आधिकारिक बिक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल्स प्रालिले भोल्वो आइसर कमर्सियल भेहिकल्स इन्डियाको सहकार्यमा फाइनान्सियर्स  भेला सफलतापूर्वक आयोजना गरेका छ।

बैंकर्स तथा व्यवसायीहरूलाई साथ तथा सहकार्यको लागि कृतज्ञता जाहेर गर्ने, बतास अर्गनाइजेसन र एमएडब्लू कमर्सियलबीच भएको साझेदारीको विषयलाई उजागर गर्ने र आगामी दिनमा साझेदार कम्पनीको योजनालाई प्रस्तुत गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले बताए।

भेलामा करिब १५० जना बैंकिङ तथा वित्तीय क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, विभिन्न क्षेत्रका व्यवसायीहरू, कमर्सियल भेहिकल्स क्षेत्रका अगुवाहरू, यातायात संघका कार्यकारीहरू र विज्ञहरूको सहभागिता रहेको थियो। साथै, कार्यक्रममा भोल्भो आइसर कमर्सियल भेहिकल इन्डियाका प्रमुख एस.एस गिल तथा अन्य उच्च व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

नवीनता, दिगोपन, र ग्राहककेन्द्रित समाधानहरूमा साझा फोकसको साथ बतास एमएडब्लूले कमर्सियल भेहिकल्सको परिदृश्यलाई पुनः परिभाषित गर्ने र ग्राहकहरूका लागि असाधारण अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष विष्णुकुमार अग्रवाल बताउँछन्।

आइसर यात्राको सफलता र निरन्तरताको लागि विशेष भूमिका बैंकर्स र ग्राहकको रहेको र सहयोग, साझेदारीको लागि धन्यवाद आभार प्रकट गर्दै आइसर ब्रान्डलाई कमर्सियल भेहिकल्स क्षेत्रका ग्राहकहरूमा थप लोकप्रिय बनाउन आगामी दिनमा पनि सहयोग र साथ दिन कम्पनीका सहअध्यक्ष आनन्दराज बतासले आग्रह गरेका थिए।

सो अवसरमा एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंकलगायत ९ बैंकलाई सम्मान गरिएको थियो। टेलिमेटिक्स प्रविधिको कार्यान्वयन र हरेक ५० किलोमिटरमा सर्भिस नेटवर्क विस्तारको माध्यमबाट ग्राहकको सन्तुष्टि बढाउने उद्देश्यले कम्पनीको रणनीतिक योजना सार्वजनिक गर्दै यो पहल ग्राहकहरूलाई उन्नत सुविधाहरू र विस्तारित नेटवर्क पहुँच प्रदान गर्न डिजाइन गरिएको कम्पनीका प्रबन्धक सञ्चालक शान्तराज बतासले उल्लेख गरे।