मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार २४ आइतबार
  • Wednesday, 02 September, 2026
२o८o असार २४ आइतबार १४:३८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २४ आइतबार १४:३८:oo

अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

रिभरसाइड काउन्टी सेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब एक सय ५० किलोमिटर दक्षिण–पश्चिममा रहेको दक्षिण–पश्चिमी रिभरसाइड काउन्टीको सहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त विमानले लस भेगासको ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो।

गत मंगलबार यही क्षेत्रमा सेसना विमान दुर्घटना हुँदा एकजना विद्यार्थी पाइलटको मृत्यु भएको थियो भने तीनजना घाइते भएका थिए। संघीय उड्डयन प्रशासन तथा राष्ट्रिय यातायात सुरक्षा बोर्डद्वारा दुर्घटनाको अनुसन्धान भइरहेको छ।