मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
२०८० असार २४ आइतबार १३:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दूधको अनुदान कटौतीको विरोधमा चितवनका किसान धर्नामा

Read Time : < 1 मिनेट
२०८० असार २४ आइतबार १३:०५:००

बागमती प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरेपछि त्यसको विरोधमा चितवनका कृषकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मूल गेटमा धर्ना दिइरहेका छन्।

चितवनको राप्ती, खैरहनी र माडी नगरपालिकाका किसानले अनुदान कटौतीको विरोधमा हेटाैँडास्थित मन्त्रालयको मूल गेटमा धर्ना दिएका हुन्। कृषकले मन्त्रालय र पालिकाहरूबाट समेत दूधमा अनुदान बुझेको भन्दै मन्त्रालयले यस वर्षबाट दूधमा दोहोरो अनुदान रोक्ने निर्णय गरेको थियो।

चितवनमा मात्रै ६० वटा संस्थामा आबद्ध किसान मर्कामा परेको भन्दै किसानले यसअघि पनि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा गुनासोपत्र पेस गरेका थिए भने मुख्यमन्त्रीसहितलाई ध्यानाकर्षण गराएका थिए।