१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आयातीत उपभोग्य वस्तुमा  आयातकर्ता र वितरकको नाम अनिवार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:५१:oo

आगामी आर्थिक वर्ष ०८०/८१ देखि नेपालमा आयात हुने वस्तुमा आयातकर्ता र वितरकको नाम लेखेर (लेबलिङ) अनिवार्य राख्नुपर्ने भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै १ साउनदेखि आयातीत उपभोग्य वस्तुमा आयातकर्ता र वितरकको नाम अनिवार्य रूपमा राख्न भनेको हो ।

‘आर्थिक ऐन, २०८० ले गरेको व्यवस्थाअनुसार १ साउनदेखि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री–वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाउनुपर्ने जानकारी गराइएको छ,’ विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।  

विभागका अनुसार आयातीत वस्तुमा पैठारीकर्ता र बजार वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेबसाइट र एक्जिम कोड अनिवार्य रूपमा लेबल लगाउनुपर्नेछ । यस्तो लेबलिङ नेपाली र अंग्रेजी दुवै भाषामा हुनुपर्नेछ ।

आयातकर्ता तथा वितकरले लेबलमा बार कोड, क्युआर कोड वा सुरक्षा स्टिकरणलगायत आफ्नो पहिचान राख्न सक्नेछन् । लेबलको दुरुपयोग हुन नदिन पैठारीकर्ता र वितरकले लेबल लगाएर पठाएको मालवस्तुको अभिलेख व्यवस्थित गरेरसमेत राख्नुपर्नेछ । यस्तो लेबल उपभोग्य वस्तुमा मात्रै लगाउनुपर्नेछ । एउटै आयातकर्ताको धेरै बजार वितरक हुन सक्ने हुँदा बजार वितरकले आफैँ लेबल लगाउनुपर्नेछ ।

कच्चा पदार्थ, औद्योगिक मेसिनरी तथा उपकरण र निर्माण कार्यमा प्रयोग हुने संरचनाहरूमा भने त्यस्तो लेबलिङ गर्नुपर्नेछैन । आमउपभोक्तालाई प्रत्यक्ष रूपमा बिक्री–वितरण हुने सबै प्रकारका वस्तुमा यस्तो लेबलिङ लगाउनुपर्ने व्यवस्था गरिएको हो । 

ad
ad