१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:२५:oo

भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित गरेको छ । बुधबार बसेको नगरससभाले आर्थिक वर्ष ०८०/८१ को बजेट सर्वसम्मतिले पारित गरेको हो ।

नगरप्रमुख सुनिल प्रजापतिले आगामी आर्थिक वर्षका लागि भक्तपुर नपाको बजेटमाथि भएको छलफलमा भाग लिई आवश्यक सुझाव, जिज्ञासा र समर्थन गरी सहयोग गर्ने सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रतीक्षारत ख्वपः विश्वविद्यालय स्थापनाका लागि संसद्बाट विधेयक पारित गराउन नगरपालिकाले निरन्तर जोड दिने बताए ।

उनले भ्रष्टाचारविरोधी ऐतिहासिक आन्दोलनको स्मरण गर्दै सदाचारिता र मितव्ययिताबारे जनप्रतिनिधिहरू सचेत रहनुपर्ने बताए । नगरपालिका उपप्रमुख रजनी जोशीले १० असारमा दुई अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट सभामा प्रस्तुत गरेकी थिइन् ।

बजेटमाथि भएको छलफलमा उठेका जिज्ञासामाथि प्रस्ट पार्दै उपप्रमुख जोशीले नगरका सबै वडामा शिशुस्याहार केन्द्र स्थापना र सञ्चालन गर्न आवश्यक अध्ययन भइरहेको, कृषि विकासका लागि कृषक सूचीकरण कार्य अगाडि बढिरहेको, करको दायरा समयसापेक्ष फराकिलो पार्दै लगिने, संस्थागत क्षमता विकासका लागि आवश्यक व्यवस्था गरिएको तथा नगरका विभिन्न स्थानमा सिसिक्यामेरा जडान र सडकबत्ती व्यवस्था गरी शान्तिसुरक्षाका लागि आवश्यक कार्य भइरहेको विषय उल्लेख गरिन् ।  

 

ad
ad