१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
चिराचिरा परी पहिरोको उच्च जोखिममा रहेको प्याङकोट । तस्बिर : नयाँ पत्रिका
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख १९ बुधबार o७:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पहिरोले चिराचिरा चैनपुरको प्याङकोट गाउँ

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:४८:oo

२ असारको बाढीले संखुवासभामा २० जना बेपत्ता छन् । हेवाखोलामा १७, चैनपुरको नुनढाकीमा एक र सभापोखरीमा दुईजना बेपत्ता भएका हुन् ।

संखुवासभाको चैनपुर नगरपालिका– ४ स्थित प्याङकोटमा गत २ असारमा ठूलो पहिरो गयो । पहिरोले गाउँ नै चिराचिरा बनाएपछि १६ घरका ५१ विस्थापित भएका छन् । हालसम्म मानवीय क्षति नभए पनि पहिरोको उच्च जोखिम भएपछि गाउँलेहरू सामूहिक रूपमा गाउँभन्दा केही परको सामुदायिक भवनमा रातको समयमा आश्रय लिँदै आएका छन् ।

गाउँभन्दा मुनि रहेको सेवा खोलाले बिस्तारै भिरालो जमिन चिराचिरा बनाएर तान्दै छ । आकाश गड्याङगुडुङ गर्दै वर्षा हुन थालेपछि गाउँलेको अनुहार कालोनीलो हुने गरेको स्थानीय प्रेमकुमार राईले बताए । उनले पानी परेपछि जाग्राम बसेर रात कटाउने गरेको बताए । ‘कति वेला पहिरोले बगाउने हो भन्ने ठेगान नै छैन । सुते पनि कसरी निदाउनु,’ उनले भने ।

भिरालो जमिन चिराचिरा हुन थालेपछि उनीहरू विस्थापित भएका हुन् । दिनभरि घर फर्किएर सामान्य काम गर्ने र छिट्टै बेलुकीको खाना खाएर सुरक्षित स्थानमा रहेको सामुदायिक भवनमा सबै गाउँले भेला हुने गरेको अर्का स्थानीय पुष्पलाल पौडेलले बताए । रातको समयमा केही थाहा नपाइने भएकाले सुरक्षित स्थानमा वास खोज्ने गरेको उनले स्पष्ट पारे । 

प्याङकोट पहिरोको उच्च जोखिम रहेको र विस्थापित भएका प्याङकोटवासीलाई अहिलेसम्म कसैले हेरेका छैनन् । गाउँ फर्किएर आफ्नै घरमा सुत्न र काम गर्न उनीहरू डराइरहेका छन् । निरन्तर वर्षा भइरहेकाले कति वेला गाउँ नै बगाउने हो, केही ठेगान नभएको स्थानीय बताउँछन् । हालसम्म प्याङकोटमा स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधि पुगेका छैनन् । 

प्याङकोटभन्दा माथिल्लो भूभाग जरिबुटे करिब तीन हजार मिटरभन्दा बढी उचाइमा पर्छ । तलको सेवा खोलाको उचाइ करिब १६ सय मिटर छ । पहिरोले अलैँची, मकै र कोदाबारी बगाएका छन् । २ असारमा आएको बाढीले संखुवासभामा हालसम्म २० जना बेपत्ता छन् । हेवाखोलामा १७, चैनपुरको नुनढाकीमा एक र सभापोखरीका दुईजना बेपत्ता भएका हुन् ।

ad
ad