१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बन्यो : शंकर पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:१२:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको आरोप लगाएका छन्। 

प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति उनले सामाजिक सञ्जालमा देखेका छन्, ‘उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक–पटकका घटनाक्रमहरू साक्षी छन्। प्रितम सिंहले मलाई प्रम बनाउन दिल्लीसमेत जानुभयो भन्ने उनको भनाइ उपरोक्त शृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो।’ 

प्रधानमन्त्री को हुने भन्ने कुरामा बाह्य रूपमा जतिसुकै चलखेल भए पनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधिसभा रहेको भन्दै महासचिव पोखरेलले प्रचण्डको अभिव्यक्तिले निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित र अवमूल्यन गरेकाे बताएका छन्। 

ad
ad