१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १७ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार १७ आइतबार १५:१९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १७ आइतबार १५:१९:oo

विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौँ वार्षिकोत्सवको सु–अवसरमा स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।

यस छुट अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म अतिरिक्त छुट प्राप्त गर्नेछन्। यो योजना असार १६ देखि साउन १५  सम्म रहनेछ। छुट अवधिभर हरेक ग्राहकले रु ५०० सम्म छुट लिन सक्नेछन् ।

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले बिग मार्टको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।

अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआइसी एसिया मोबाइल बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरू, आई क्यास, पेवेल, यान क्यास साथै विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।