१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

युवाको आकर्षण जनावरको ट्याटुमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३५:oo

ट्याटु विशेषगरी युवापुस्ताले खोपाउँछन् । तर, ४० कटेका केही वयस्कमा पनि ट्याटुको सौख देखिन्छ । जनावरको ट्याटु युवापुस्ताको रोजाइमा पर्ने गरेको छ । सिंह, बाघ र पुतलीको ट्याटु धेरैले खोपाउँछन् । त्यस्तै, बिच्छी, ड्र्यागन, सर्प, माछा, बिरालो, फ्याउरो, हात्तीलगायतका ट्याटु पनि युवापुस्ताले मन पराउँछन् । धार्मिक ट्याटु पनि युवाको रोजाइमा पर्छ । उनीहरू बुद्धको चित्र, गणेशको चित्र खोपाउने गर्छन् । 

तपाईं कुन डिजाइनको ट्याटु खोपाउँदै हुनुहुन्छ, त्यो कुरामा ध्यान दिनुपर्छ । कुन ट्याटु हाउसमा खोपाउँदै हुनुहुन्छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ । ट्याटु खोपाउने ठाउँ सुरक्षित हुन जरुरी छ । हेलचेक्र्याइँ भयो भने स्वास्थ्य, विशेषगरी छालामा संक्रमण र अन्य समस्या देखिन सक्छन् । एलर्जिक रियाक्सन यसैमध्येको एक हो । अर्कोतर्फ, डिजाइन राम्रो भएन भने हेर्दा नराम्रो पनि देखिन्छ । 

ट्याटु खोपाएपछि ध्यान दिनुपर्ने कुरा : 

पहिलो दिन : ट्याटु बनाएको ३–४ घन्टापछि साबुनपानीले राम्रोसँग सफा गर्ने र टिस्यु पेपरले पुछेर सुक्खा बनाउने । 

दोस्रो दिन : पहिलो दिनजसरी नै बिहान–बेलुका साबुनपानीले धुने अनि भ्यास्लिन दिनको तीन–चारपटक थोरै मात्रामा लगाउने ।

तेस्रो दिन : बिहान–बेलुकी साबुनपानीले सफा गर्ने र तीन–चारपटक भ्यास्लिन लगाउने । 

चारदेखि १०औँ दिन : साबुनले सफा गर्नुपर्दैन । तीन–चारपटक भ्यास्लिन लगाउँदा पुग्छ । ट्याटु खोपेको १० दिनभित्र खोपेको ठाउँमा पाप्रा लाग्ने र चिलाउन थाल्छ । तर, पाप्रा निकाल्नुहुँदैन । ट्याटु बनाएको दिनदेखि एक महिनासम्म घाम र पानीबाट जोगाउनुपर्छ । 

ad
ad