ललितपुर महानगरमा मेलम्चीको पानी उपलब्ध गराउन निर्देशन

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

खानेपानीमन्त्री महिन्द्र राय यादवले उपभोक्तालाई सहज रूपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १४, १५, २३ र २६ को खानेपानी संघर्ष समितिसँगको अन्तरक्रियामा मन्त्री यादवले स्थानीय बासिन्दालाई तत्काल मेलम्चीको पानी उपलब्ध गराउन काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिएका हुन् ।

उनले खानेपानीको सहज पहुँच आमजनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै जनतालाई शुद्घ खानेपानी उपलब्ध गराउने सरकारको दायित्व भएको बताए । 

कार्यक्रममा सांसद डा. तोसिमा कार्की, प्रदेश सभा सदस्य रघुनाथ महर्जन, खानेपानी मन्त्रालयका कर्मचारी, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय प्रमुख राजेन्द्र सापकोटा तथा स्थानीय प्रभावित बासिन्दा सहभागी थिए ।

See More On

सुझावित समाचार