Skip This
प्रशासन कानुनबाहिरको आदेशबाट चलेको छ  ः पूर्वसभामुख ढुंगाना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रशासन कानुनबाहिरको आदेशबाट चलेको छ  ः पूर्वसभामुख ढुंगाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:१९:oo

पूर्वसभामुख दमननाथ ढुंगानाले प्रशासन संसदले बनाएको कानुनभन्दा बाहिर रहेर चलिरहेको बताएका छन्। ६५औँ संसद् दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

संसद्ले यसबारेमा ध्यान दिन नसकेको उल्लेख गर्दै उनले राजनीतिक पार्टीहरू सत्ताको स्वार्थमा डुबिरहेको टिप्पणी गरे। संसद्ले बनाएका कानुन प्रशासनले नमान्नु भनेको संसद्को अपमान भएको र अहिले सोही कुरा देखिएको उनको भनाइ थियो।

‘अहिले म सुन्दै छु, संसद्ले एउटा कानुन बनाउँछ तर अरूअरूकै आदेशबाट प्रशासन चलिरहेको छ। त्यो हेर्ने को हो? तपाईंहरू संसद्ले हेर्ने होइन। ल हाम्रा पार्टीलाई त सत्तामै फुर्सद भएन। हुनेलाई कसरी मेरो सत्ता बचाऊँ, नहुनेलाई सत्तामा जान हतारो छ। हाम्रो देशको राजनीतिमा अब त प्रदेशमा पनि सरिसक्यो। हामीले बनाएको कानुनलाई छल्ने गरी प्रशासनले जुन-जुन आदेश गरेको छ, त्यो संसद्को अपमान हो,’ ढुंगानाले भने।
 

ad
ad