१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २४ सोमबार o९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:५८:oo

गएरातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ । ललितपुरको भट्टेडाँडानजिक पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कान्तिलोकपथ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ भट्टेडाँडानजिक पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले पहिरोका कारण हेटौँडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौँडा आउने दुवैतर्फका यातायात अवरुद्ध भएको जानकारी दिए ।

अहिले पनि पानी परिरहेका कारण पहिरो पन्छाउन कठिन भएको उनको भनाइ छ । प्रहरी निरीक्षक घिमिरेले पानी पर्न रोकिएलगत्तै पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने बताए ।

ad
ad