मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असार १४ बिहीबार
  • Monday, 14 July, 2025
२o८o असार १४ बिहीबार ११:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुनासो सुन्न प्राधिकरणको कल सेन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १४ बिहीबार ११:३५:oo

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाले सर्वसाधारणको गुनासो सुन्नका लागि बुधबारबाट कल सेन्टर सञ्चालनमा ल्याएको छ। 

विद्युतसम्बन्धी गुनसो सुन्नका लागि भन्दै प्राधिकरणले कल सेन्टरको सञ्चालन गरेको हो। सर्वसाधारणले विद्युतसँग सम्बन्धित कुनै पनि गुनासो भए ११५० डायल गरी ८ थिचेर आफ्नो गुनासो टिपाउन सक्ने डिभिजन प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए।

कल सेन्टरको उद्घाटन गर्दै प्रमुख द्विवेदीले कल सेन्टरबाट प्रदेश डिभिजन कार्यालयअन्तर्गत पालुङ, हेटौँडा र सिन्धुली वितरण केन्द्रको उपभोक्ताले आफ्नो गुनासो टिपाउन सक्ने बताए।

‘तत्काललाई कल सेन्टरमा चारवटा फोन राखिएको छ। बिहान नाै देखि बेलुका ६ बजेसम्म सर्वसाधारणले कल सेन्टरमा फोन गरेर आफ्नो गुनासो टिपाउन सक्नुहुनेछ। विशेषगरी कल सेन्टरको सञ्चालनपछि विद्युत् प्राधिकरणको नो लाइटको फोन उठेन भन्ने गुनासो अन्त्य हुने विश्वास लिएका छौँ,’ उनले भने।

डिभिजन प्रमुख द्विवेदीले अहिलेलाई बिहान ९ देखि साँझ ६ बजेसम्म फोन गर्न सकिने भए पनि केही समयभित्रै दैनिक १२ घन्टा सेवा दिने गरी कल सेन्टर सञ्चालन गर्ने बताए।