१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल र मंगोलियाबीच ऊनको उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्द्धनमा सहकार्यको सहमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२२:oo

नेपालमा पस्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण एवं यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदानका लागी नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरू सहमत भएका छन् । नेपाल पस्मिना उद्योग संघ तथा मंगोलियाली सरकारको रिसर्च एण्ड डेभलप्मेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्री (आरडिआइएलआई)बीच बुधबार समझदारी भएको हो । 
समझदारीपत्रमा संघका अध्यक्ष विजय दुगड र आरडिआइएलआईका निर्देशक टर्मङख तोग्मिडले हस्ताक्षर गरेको जनाइएको छ । समझदारीअनुसार नेपाली पस्मिना व्यवसायीले ऊन तथा पस्मिना धागो, अर्ध प्रशोधित भू वा तथा ऊनबाट बनेका उत्पादनहरूको नमुनालाई आरडिआइएलआईमा गुणस्तर परीक्षण तथा विश्लेशण गर्ने एवं यस व्यवसायमा आफ्ना ज्ञान, अनुभव एवं अनुसन्धान कार्यबारे दुवै पक्षले आपसमा जानकारी आदान–प्रदान गर्ने उल्लेख छ ।

सहमतिको अवधि पाँच वर्षको हुने र दुवै पक्षको आपसी समझदारीमा यसको अवधि बढाउन सकिने जनाइएको छ । हस्ताक्षर कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा मंगोलियाका खाद्य कृषि तथा साना उद्योगका राज्यसचिव जम्वालसेरेन उयाफ उपस्थित रहेको संघले जनाएको छ । 

अन्तर्राष्ट्रिय व्यापार केन्द्रको आयोजनामा मंगोलियाको उलानबाटोरमा जारी वर्ड एक्सपोर्ट डेभलप्मेन्ट फोरम २०२३ मा नेपाली सरकारी उच्च अधिकारी तथा निजी क्षेत्रको प्रतिनिधि सम्मिलित प्रतिनिधमण्डल सहभागी भएकाको अवसरमा उक्त समझदारी भएको जनाइएको छ । चार दिने उक्त सम्मेलनमा क्षेत्रीय व्यापार सम्पर्क, भूपरिवेष्टित राष्ट्रका व्यावसायिक आवाज, व्यवसायीहरूबीचको बैठक,  उद्यममा युवा तथा महिला सहभागितालगायतका छलफल सत्र सञ्चालन भएको जनाइएको छ । 

युरोपियन युनियनको सहयोगमा संचालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले नेपाली पस्मिना व्यवसायीलाई उक्त सम्मेलनमा सहभागिताका लागि सहयोग गरेको संघले जनाएको छ । सम्मेलनमा निर्यात  प्रवर्द्धनसँग सम्बन्धित विभिन्न छलफल सत्रहरू तथा व्यावसायिक सम्पर्कका कार्यक्रम सञ्चालन भएको उल्लेख छ । 

उक्त अवसरमा सचिव मरासिनीले ऊन तथा भूवा उत्पादनमा मंगोलियाको अनुभवबाट नेपाली पस्मिना व्यवसायीहरूले फाइदा लिन र यस क्षेत्रमा विभिन्न अनुसन्धान एवं क्षमता विकासका लागि यस समझदारी महत्वपूर्ण रहेको बताएको उल्लेख छ । 

आरडिआइएलआईका निर्देशक उयाले मंगोलियासँग सहकार्यको समझदारीले नेपालमा नेपाली कास्मिरी उत्पादनको गुणस्तर परीक्षण र विश्लेषण सहज हुनुका साथै दुवै मुलुकबीच व्यावसायिक सम्बन्ध विस्तार हुने बताएको उल्लेख छ । 

ad
ad