१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पुरातत्व विभागद्वारा मनमती मन्दिर क्षेत्रको अनुगमन, ऐतिहासिक मूर्ति भेटियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२६:oo

काभ्रेपलाञ्चोक मण्डनदेउपुर– ७ मनमतीस्थित नगरपालिकाको नवनिर्मित भवन प्रांगणमा रहेको मनमती मन्दिर क्षेत्रमा पुरातत्व विभागको टोलीले अनुगमन गरेको छ।नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्दा मनमती देवीको मन्दिर हटाएर पुरातात्विक वस्तुहरूसमेत नष्ट गर्न खोजेको जानकारी पाएपछि पुरातत्वविद्सहितको टोली बुधबार अनुगमन तथा अध्ययन गर्न पुगेको हो। 

हनुमानढोका हेरचाह समितिका कार्यकारी प्रमुख सन्दीप खनाल, विभागका पुरातत्वविद् विष्णु पाठकलगायतको टोलीले अध्ययनका क्रममा नगरपालिकाले भवन निर्माण गर्दा जबर्जस्ती मन्दिर हटाएको पाइएको छ। वडाले नै मन्दिर वरपरको भाग संरक्षण गर्नुपर्ने टोलीले बताएको छ । मन्दिर नजिकै रहेकाे कस्यपेस्वर मन्दिर परिसरबाट झन्डै ६ सय वर्ष पुरानो देवीको मूर्तिसमेत फेला पारेकाे स्थानीयकाे भनाइ छ । साे मूर्ति मनमती देवीकाे रहेकाे भन्दै स्थानीयले मनमती मन्दिर रहेकाे ठाउँमै लगेर थापना गरेका छन् ।

सो मूर्ति पनि मन्दिर भएकै ठाउँमा राखिएको छ। एकतर्फी रूपमा स्थानीयलाई बल प्रयोग गरेर मण्डनदेउपुर नगरको भवन बनाएपछि स्थानीयवासीले विभागलाई जानकारी गराएका थिए।  मनमती देवीको मन्दिर नगरपालिकाको निर्माणाधीन भवनको उत्तरपट्टि रहेको छ। नगरपालिकाले मन्दिर बाहिर सार्न भत्काएपछि स्थानीयवासीले विरोध गर्दै आएका छन्।

स्थानीयवासीको धार्मिक आस्थाको केन्द्र मनमती देवीको मन्दिर सार्दा प्रहरी प्रशासनले बल प्रयोगसमेत गरेको स्थानीय रामशरण भारतीले बताए। उनका अनुसार स्थानीयवासीले विरोध गर्दागर्दै नगरपालिकाले जबर्जस्ती हटाएको थियो। भारतीका अनुसार यो मन्दिर झन्डै ७० वर्ष पुरानो हो। यसमा रहेका मूर्तिहरू प्राचीन भएको स्थानीयवासीको दाबी छ। मन्दिरमा स्थानीयवासीले देवीको पूजाआजा गर्दै आएका छन्। 

मण्डनदेउपुर नगरपालिका– ७ का वडाध्यक्ष विष्णु पौडेलले मन्दिर हटाउन आफ्नो कुनै भूमिका नरहेको बताए। ‘म वडाध्यक्ष बन्नुअघि नै मन्दिर हटाउने निर्णय भएको रहेछ,’ उनले भने, ‘तर, स्थानीयले मलाई गाली गरिरहेका छन्, यो मन्दिर संरक्षणमा मैले पनि आवाज उठाइरहेको छु।’ विभागबाट अनुगमनमा पुगेका पुरातत्वविद् विष्णु पाठकले मन्दिर वडाले नै संरक्षण र सुरक्षा गर्नुपर्ने बताए ।

स्थानीय प्रभुराम श्रेष्ठले मण्डन देउपुर नगरपालिकाका मेयर टोपबहादुर वाइवाले ४ बर्ष अघि सोही नपाको कुन्ताचोकमा रहेको सयौं बर्ष पुरानो पिपलको रुख र चौतारो मासेको र मनमती मन्दिर भत्काएको बताए । स्थानीयको धार्मिक आस्थामाथी ठेस पुर्याउन जनप्रतिनिधि नै सक्रिय भएपछी स्थानीय विरोधमा उत्रिएका छन् । मेयर वाइवाले गत वर्ष लिच्छविकालिन ब्रमायणि जात्राको बजेट कटौती गरेका थिए ।

मेयर वाइवाले निर्माणाधीन नगरपालिका भवनको उतरपट्टी रहेको प्राचीन मनमति मन्दिरमा पनि प्रहार गरेपछि पुरातत्वको टोली पुगेर अध्य्यन गरेको छ । प्राचीन स्मारक सरक्षण ऐन २०१३ अनुसार पाटीपौवा मन्दिर गुम्बा, चौतारो, देवालयको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो । तर यहाँ स्थानीय सरकार नै सम्पदा तथा धार्मिक स्थलहरु मास्न लागेको स्थानीयको आरोप छ ।

 

ad
ad