१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रभु महालक्ष्मी लाइफले मर्जरपछि १५ नयाँ बिमा योजना ल्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:२७:oo

प्रमु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जर भएर एकीकृत कारोबार गर्नुपूर्व नै विभिन्न बिमा योजना सार्वजनिक गरेका छन् । असारभित्रै मर्जर भई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नाममा एकीकृत कारोबार गर्ने दाबीसहित दुवै कम्पनीले संयुक्त रूपमा नयाँ बिमा योजनाहरू घोषणा गरेका हुन् । 

दुवै कम्पनीका विज्ञ कर्मचारीहरूको अध्ययन विश्लेषणपछि साउन १ गतेबाट बिक्री–वितरणका लागि १५ वटा बिमा योजनाहरू (प्रोडक्ट) छनोट भएको दुवै कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

नेपालीको आवश्यकता, बिमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधालाई समेत विचार गरी १५ वटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार स्वीकृत बिमा योजनाहरूमा सुपर सुरक्षित बिमा, समृद्ध जीवन बिमा, चामत्कारिक हेरचाह बिमा, लोकप्रिय धन फिर्ता बिमा, स्मार्ट प्लस बिमा, बम्पर श्रीवृद्धि बिमा रहेका छन् ।

त्यस्तै, गज्जबको लगानी फिर्ता बिमा, डबल धमाका बिमा, सबैको जीवन बिमा, सर्वश्रेष्ठ आजीवन बिमा, सुनौलो किरण बिमा, वैभव जीवन बिमा, जीवन उन्नति बिमा, लगानी फिर्ता बिमा र निर्धक्क जीवन बिमा योजनाहरू जारी गरिने उल्लेख छ । 

ad
ad