मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार ९ शनिबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका म्याग्दी
२o८o असार ९ शनिबार १o:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर ४५ भेडा मरे    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८o असार ९ शनिबार १o:२७:oo

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन्। अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन्। अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीका अनुसार आज बिहान १ बजेतिर चट्याङ लागेर ४५ भेडा मरेका हुन्।

'बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरू घटनास्थलतर्फ जाने तयारीमा छौँ,' उनले भने, 'चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन्।'

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ। घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लागेर लाखौँको पशुधनको क्षति भएको बताए। चट्याङ लागेर ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।