Skip This
हेटौँडाका संस्थागत विद्यालयलाई नियमानुसार छात्रवृत्ति दिन निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ८ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o असार ८ शुक्रबार १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडाका संस्थागत विद्यालयलाई नियमानुसार छात्रवृत्ति दिन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ८ शुक्रबार १६:५४:oo

हेटौँडा उपमहानगरपालिकाले नगरभित्र रहेका संस्थागत विद्यालयलाई कानुनले निर्देशन गरेअनुसारको छात्रवृत्ति वितरण गर्न र त्यसको विवरण तत्काल पेस गर्न निर्देशन दिएको छ।

उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सबै ४८ वटा संस्थागत विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन र सोको विवरण असार २० गतेसम्ममा पेस गर्न निर्देशन दिएको हो। हेटौँडाका संस्थागत विद्यालयले विद्यार्थीले कानुनले तोकेअनुसारको छात्रवृत्ति नपाएको भन्ने गुनासो आएपछि कानुनअनुसार छात्रवृत्ति उपलब्ध गराई विद्यार्थीको विवरण बुझाउन निर्देशन दिएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले जानकारी दिए।

प्रमुख रिमालले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ अनुसार संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको तथ्यांक पेस गर्न भनिएको बताए। ‘हामीले ऐनले तोकेअनुसार पाँच सयजनासम्म विद्यार्थी भएका विद्यालयलाई १० प्रतिशत, पाँच सयभन्दा माथि आठ सयसम्म विद्यार्थी भएकालाई १२ प्रतिशत र आठ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयलाई १५ प्रतिशतका दरले विद्यार्थीलाई पूर्ण रूपमा छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका छौँ,’ उनले भने ।

प्रमुख रिमालले हेटौँडामा ४८ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेको जानकारी दिँदै तीमध्ये केहीले जानकारी उपलब्ध गराइसकेको र केहीले ल्याउने क्रममा रहेको बताए। ती संस्थागत विद्यालयमा करिब १८ हजार विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए।