१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १५:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सांसद भण्डारीकाे प्रस्ताव- कति वर्ष एउटा ग्राउन्ड बनाउँदै छाैँ भन्ने, एकैचोटि बनाइदिऊँ न !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:o६:oo

कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेलमैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

वर्षौँदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै उनले आवश्यक क्रिकेटमैदान बनाउन बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। 

सांसद भण्डारीले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेलमैदान बनाउने कुरामा खुलेर अघि बढ्न सक्नुपर्ने बताए। नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको उनले औँल्याए। 

उनले बुद्धको जन्मस्थल लुम्बिनीमा हजारौँ बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरू बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराए। सांसद भण्डारीले समयअनुसार चल्न नसक्दा नेपाल पछि परेको पटक–पटक दोहोर्‍याए। 

उनले भने, ‘क्रिकेट ग्राउन्ड त बनाइदिऊँ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौँ भन्छौँ। एकैचोटि बनाइदिऊँ न । बजेट छुट्टयाइदिऊँ न तिनका लागि । जसले तिमीलाई पहिचान दिएको छ । त्यसकारण हामीले या कुरालाई पनि बुझ्नुपर्छ । यसलाई हामीले पाठ्यक्रममा राखिदिऊँ । यिनीहरूको बारेमा विश्वविद्यालय बनाइदिऊँ। अझ माउन्टेन्ट चढने कुराका लागि विश्वविद्यालय बनाइदिऊँ त। कहाँ–कहाँका व्यक्तिहरू आउँछन् । लुम्बिनीमा गौतम बुद्धको ठाउँमा जानुस्। बच्चा जन्माउने ठूलो हस्पिटल बनाइदिनुस्। हजारौँ बेडको । संसारभरिका बुद्धमार्गीहरू सन्तान जन्माउन आउँछन्। के छैन नेपाल ? कहाँ छ हामो सोच, कहाँ छ हाम्रो दृष्टिकोण ? त्यसकारण हामी समयअनुसार चल्न सकेनौँ कि। समय बुझेनौँ कि ? मल बन्छ । त्यसको बारेमा सोच्नपर्दैन ?’

 

ad
ad