१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सहरी पूर्वाधारका लागि बजेट पुगेन : गोकुल बाँस्कोटा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:o५:oo

प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले ‘विनियोजन विधेयक २०८० अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको रकम एक रुपैयाँ घटाई कायम गरियोस्’ भनी खर्च कटौती प्रस्ताव पेस गरेका छन्।

सहरी पूर्वाधार निर्माणका लागि छुट्याइएको आगामी आर्थिक वर्षको बजेट पर्याप्त नरहेको र विगतका महत्वपूर्ण कार्यक्रममा समेत बजेट कटौती गरेको उल्लेख गर्दै उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा यस्तो प्रस्ताव पेस गरेका हुन्। सहरी क्षेत्रमा आवश्यक पूर्वाधार तयार पार्नका लागि सरकारले पर्याप्त बजेट छुट्याउन नसकेको सांसद बाँस्कोटाको भनाइ छ।

अघिल्लो सरकारले सुरु गरेका सहरी पूर्वाधारसँग सम्बन्धित धेरैवटा कार्यक्रमलाई चालू आर्थिक वर्षको बजेटले निरन्तरता दिन नसकेको उनले बताए। ‘बसाइँसराइ, सेवा प्राप्ति र रोजगारीका लागि सहरमा जनसंख्या बढिरहेको छ। तर, बजेटले सहरका न्यूनतम पूर्वाधार निर्माणलाई पनि बेवास्ता गरेको देखिन्छ,’ बाँस्कोटाले भने, ‘सहर हुनका लागि शुद्ध खानेपानी, ढलनिकास, सहज यातायात, फोहरमैला व्यवस्थापन, पार्किङ, व्यापार प्रदर्शनी केन्द्र, स्वास्थ्य र शिक्षा सेवालगायतका सुविधा चाहिने हो । त्यसका लागि यो बजेट पुग्ने देखिँदैन।’

सरकारले सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि रु ६६ अर्ब १७ करोड ५५ लाख बजेट छुट्याएको छ। चालू आर्थिक वर्षका लागि सहरी विकास मन्त्रालयले रु ३७ अर्ब ७३ करोडबराबर मात्रै बजेट पाएको थियो।

ad
ad