Skip This
असार अन्तिममा कांग्रेस बैठकको गृहकार्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ५ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ५ मंगलबार o७:५२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

असार अन्तिममा कांग्रेस बैठकको गृहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ५ मंगलबार o७:५२:oo

कांग्रेसले असार अन्तिम साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ । उपसभापति पूर्णबहादुर खड्काले असार अन्तिममा बैठक बोलाउने गृहकार्य थालिएको जानकारी दिएका छन् । सोमबार नेपाल टे«ड युनियन कांग्रेसको सातौँ महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस कार्यवाहक सभापतिसमेत रहेका खड्काले बैठकबाटै नीति अधिवेशनको टुंगो लगाउने बताए ।

‘सम्भवतः असार मसान्तभित्र केन्द्रीय समितिको बैठक सम्पन्न गर्नेछौँ । बैठकमार्फत नीति अधिवेशनको मिति तय गर्नेछौँ । केही कार्यक्रम वर्षाको अवस्थालाई हेरेर गर्न सकिने कामका लागि महामन्त्रीज्यूहरू वर्कआउट गर्दै हुनुहुन्छ । त्यो नीति अधिवेशनमा कतिपय अनुमोदन गराउनुपर्ने निर्णय हामीले पहिला नै गरिसकेका छौँ,’ खड्काले भने । उनले कांग्रेसले सबै तहको सुझाव र आवश्यकतालाई हेरेर निर्णय लिने गरेको बताए ।

 उपनिर्वाचनमा आवश्यकतालाई नै हेरेर निर्वाचनमा अन्तर्घात र विद्रोही उम्मेदवार बनेका नेताहरूको कारबाही फिर्ता लिइएको उनको भनाइ छ ।