
हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
यसका कारण हाल कोसी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा, कोसी प्रदेशका तराई भूभागका साथै देशका बाँकी पहाडी भेगका थोरै स्थान र देशका बाँकी तराई भूभागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।