मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असार १ शुक्रबार १९:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रायमाझीको सांसद पद निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार १ शुक्रबार १९:३०:००

एमाले सांसद टोपबहादुर रायमाझीको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै रायमाझीको सांसद पद निलम्बन भएको हो । 

अदालतले रायमाझीसहित सबै हाइप्रोफाइललाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा रहेको व्यवस्थाअनुसार रायमाझी निलम्बित भएका हुन् । 
‘प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकामा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेशबमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन,’ प्रतिनिधिसभा नियमावलीको नियम २४८ को (३) मा उल्लेख छ ।