
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेको छ । शुक्रबार बसेको समितिको बैठकले कार्कीका अवधारणा र कार्ययोजनामाथि छलफल गर्दै नेपालको प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो ।
कार्कीलाई २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिका सदस्य महेश बर्तौलाले कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको नयाँ पत्रिकालाई जानकारी दिए । सुनुवाइ समितिबाट अनुमोदन भएका कार्कीलाई राष्ट्रपतिले नियुक्त गरेर शपथ खुवाउनेछन् ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग लागेर निलम्बनकै अवस्थामा अवकाश पाएपछि कार्कीले विगत आठ महिनादखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।
तस्बिर : अमुल थापा/नयाँ पत्रिका