१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका सिन्धुली
२o८१ बैशाख २१ शुक्रबार o९:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लिचीको दाना घाँटीमा अड्किएर तीन वर्षीय बालकको मृत्यु    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुली
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:४८:oo

सिन्धुलीमा गएराति लिची खाँदा दाना घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका– ६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।

लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले भने, ‘बालकले लिची खाँदा दाना घाँटीमा अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको छ ।’

यसैबीच सुनकोसी गाउँपालिका– २ गजुलीदहस्थित सुनकोसी नदीकिनारमा एक बालकको शव फेला परेको छ । बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । सुनकोसी– २ गजुलीदहस्थित सुनकोसी नदीको किनारमा नाम–ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी नौ वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।     
 

ad
ad