मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ३२ बिहीबार १३:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘आफ्नै देशको नागरिकता माग्नु अपराध हो भने गोली हानेर भगाऊ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ३२ बिहीबार १३:३६:००

प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकताबाट वञ्चित नागरिकहरूले विभिन्न जिल्लामा आन्दोलन गरिरहेको भए पनि सरकारले ध्यान नदिएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले समस्या समाधानका निम्ति पहल नभए सामूहिक आत्मदाहको अवस्था आउन सक्ने भन्दै सचेत गराए।

‘नागरिकताबाट वञ्चित भएका सन्तानले विभिन्न जिल्ला र काठमाडौंको माइतीघरमा आत्महत्या गर्ने गर्ने कोसिस गरिरहेका छन् सभामुख महोदय । यो प्रयास एक–दुई दिनभित्र रोकिएन भने भोलि सामूहिक आत्मदाह गर्नेछन्। त्यसको जिम्मेवारी कसले लिन्छ ? नेपाल सरकारले लिने कि नेपालको न्यायालयले लिने ?’ सांसद खानले भने।

नेपाली नागरिकले नेपाली नागरिकता माग्नु अपराध नभएको प्रस्ट्याउँदै उनले नागरिकता दिन वा गोली हानेर धपाउन चुनौती दिए। उनले भने, ‘के नागरिकता माग्नु अपराध हो ? हामी नेपाली हौँ। नेपालमा बसोवास गर्ने मानिस हौँ । हामीलाई देशको नागरिकता चाहिएको छ भन्नु अपराध हो भने यो देशका हामी सबैलाई गोली हानेर भगाउनुस् । कि त हामीलाई नागरिकता दिनुस्।’