आज बागमतीमा आर्थिक सर्वेक्षण सार्वजनिक हुने

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

आज बागमती प्रदेश सभामा प्रदेशको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक हुने भएको छ । भोलि असार १ गते आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गर्नुपूर्व प्रदेश सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागेको हो ।

आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आर्थिक सर्वेक्षण पेस गर्ने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि बुधबार दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर आगामी असार १ गते प्रस्तुत हुने सरकारको आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा कार्यसूची तयार भएको पनि सचिव खड्काले बताए ।

सुझावित समाचार