१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस पार्टीगत हिसाबले चलेन : जगदीश्वरनरसिंह केसी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२४:oo

कांग्रेस रूपान्तरण अभियानअन्तर्गत प्रदेश–१ को कार्यक्रम सम्पन्न भएको छ। आज प्रदेश–१ को कार्यक्रममा बोल्दै कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले रूपान्तर अभियान प्रदेश १ को कार्यक्रम सम्पन्न भए सँगसँगै अन्त्य भएको बताए।

उनले रूपान्तरणका विषयमा देशभरि हामी जसरी प्रस्तुत भयौँ। त्यसमा सबैको एउटै गुनासो रहेको र माथिल्लो नेतृत्वहरूलाई सफा नबनाएसम्म तल सफा नहुने आमसर्वसाधारणले बताएको केसीले बताए।

उनले कांग्रेस पार्टीभित्र बसेर प्रत्येक सदस्यको भावनालाई नबुझीकन एकल ढंगले आफूले जे गर्यो त्यही ठीक भन्ने प्रविधि निरंकुश रहेको बताए। केसीले माथिका तहले गरेको निर्णयमाथि कसैले पनि केही बोल्न नहुने र नपाउने अवस्थामाथि छानबिन गर्न आवश्यक रहेको औँल्याए। उनले यस्तो अवस्थाले पार्टी नै संकटतर्फ अगाडि बढिरहेको बताए।

कांग्रेस पार्टीलाई शुद्धीकरण गर्न आवश्यक रहेको बताउँदै नेता केसीले अहिले जुनसुकै पदमा पनि आर्थिक लाभ हेर्न थालिएको दाबी गरे। उनले भने, ‘अब हामी सबैले अनलाइनमार्फत क्रियाशील सदस्यता लिने गर्नुपर्छ । नेपाली कांग्रेसको विचार र भावना बुझेर मात्र अगाडि बढ्नुपर्छ र सबैलाई समान भावनाले अगाडि बढाए मात्र हामीले रूपान्तरण अभियानको सफलता प्राप्त गर्न सक्छौँ।’

कांग्रेस पार्टीगत हिसाबले चलेको र पार्टीभित्रका व्यक्तिहरूबाटै विधान मिच्ने काम भएको उनले बताए।उनले भने, ‘पार्टी सभापतिलाई भ्रष्टाचारको काण्डहरूमा जति पनि मुछिएका छन् ती काण्डहरू उठाउनुस्। हामी  साथ सहयोग गर्न तत्पर छौँ।’ 

ad
ad