१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:o३:oo

मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल उपचारपछि  डिस्चार्ज भएका छन् । मंगलबार बिहान छाती दुखेपछि मुटुको परीक्षणका लागि उनलाई बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको थियाे ।

२४ घन्टा चिकित्सकको निगरानीमा रहेका उनी आज बिहान डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।  डा. अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  दम र ग्याष्ट्रिकबाट पीडित राष्ट्रपति पौडेलको स्वास्थ्यमा मंगलबार बिहान ७ बजेतिर समस्या देखिएको थियो । 

पौडेललाई अस्पतालको भिआइपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको थियाे । मुटुको परीक्षणका लागि उनको एनजिओग्राम गरिएको अस्पतालले जनाएको छ । एनजिओग्रामको सुरुवाती रिपोर्ट राम्रो रहेको सचिवालयले जानकारी दिएको छ ।

गंगालालका निर्देशक डा. अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरेकाे हाे । एनजिओग्राम गरेपछि २४ घन्टा अवलोकनमा राख्नुपर्ने भएकाले राष्ट्रपतिलाई भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । 

ad
ad