
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०८०/८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन्।
सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गरे। देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरू बजेटमा नभएको भन्दै उनले बजेट हावादारी भएको बताए।
‘यसले अर्थतन्त्रका समस्या चिनेको पनि छैन। समस्या समाधानका विकल्पहरू, दृष्टिकोणहरू दिन सकेको पनि छैन । स्रोतको प्रस्ताव, अनुमान र खर्चको अनुमान यथार्थपरक पनि छैन। त्यसकारणले यो बजेट कार्यान्वयन हुन्छ कि हुन्न भन्ने कुरामा स्वयं अर्थमन्त्रीजीलाई चिन्ता छैन। सरकारलाई चिन्ता छैन। हामी सबै स्पष्ट छौँ। यो कार्यान्वयन हुने बजेट होइन,’ उनले भने।