मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
सौरभ यादव राजविराज
२०८० जेठ २८ आइतबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजविराज नगरपालिका परिसरमा ज्यालादारी कर्मचारीको धर्ना

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०८० जेठ २८ आइतबार १७:१५:००

सप्तरीको राजविराज नगरपालिकाका ज्यालादारी कर्मचारीहरू धर्नामा बसेका छन्। नगर कार्यपालिकाकाे गत २५ जेठमा बसेको बैठकले ज्यालादारीका कर्मचारी हटाउने निर्णय गरेको थियो। 

उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्यरत ज्यालादारीका कर्मचारीले निर्णय सच्याएर माग गर्दै धर्नामा बसेका हुन्। 'विगत १० वर्षदेखि यो नगरपालिकामा काम गरेँ, अब कहाँ जानू,' कर्मचारी सत्रुधन यादवले भने, 'घरमा ५, ६ जनाको परिवार छ। अब  कहाँबाट पाल्नु। हाम्रो बारेमा सोचिदिनुपर्‍याे। 

राजविराज नगरपालिकाका निवर्तमान मेयर एवं लोसपाका नेता शम्भुप्रसाद यादवले ज्यालादारीमा कार्यरत कर्मचारीलाई कामकाजमा नलगाउने नगरपालिकाको निर्णयप्रति आपत्ति जनाएका छन्।

राजविराज नगरपालिकाकाले दैनिक तथा मासिक ज्यालादारीमा कार्यरत ६९ जना कर्मचारी हटाएकोप्रति उनले आपत्ति जनाएका हुन्। नगरपालिकाले हचुवाका भरमा निर्णय गरेको आरोप लगाउँदै उनले फिर्ता लिन माग गरेका छन्।

‘सम्पूर्ण दैनिक तथा ज्यालादारी कर्मचारी काम गर्नलायक थिएनन्? यदि त्यसाे हो भने कार्यमूल्यांकन प्रतिवेदन पनि सार्वजनिक होस्,’ यादवको १० बुँदे असहमति पत्रमा उल्लेख छ।