१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सभापतिको मनोमानीले कांग्रेसको विधान नै नभएजस्तो भयो : जगदीश्वरनरसिंह केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:५१:oo

नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुसी मनलाग्दी गरेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसको रूपान्तरण अभियानका लागि सुदूरपश्चिम प्रदेश पुगेका नेता केसीले यस्तो बताएका हुन्। सभापतिले विधान मिचेर आज क्रियाशील सदस्यता लिएको मान्छेले भोलि नै केन्द्रीय सदस्य बन्ने बाटो लिएको उनको टिप्पणी छ।

‘सभापतिको नजिक भएपछि आज क्रियाशील सदस्य लिन्छ। उहाँले १० वर्ष प्रमाणित गर्दिनुहुन्छ, भोलि केन्द्रीय सदस्य लड्छ,’ केसीले भने। अहिले कांग्रेसको विधान मिचिँदै–मिचिँदै विधान नै नभएजस्तो अवस्थामा पार्टी रहेको भन्दै उनले सभापतिलाई कटाक्ष गरे।

पार्टीको केन्द्रीय कमिटी बैठक हरेक दुई–दुई महिनामा बस्नुपर्ने भए पनि १० महिनायता बैठक बस्न नसकेको भन्दै नेता केसीले सभापतिको आलोचना गरे। ‘यहाँ विधान मिचिएको कुरा उठ्यो । विधान मिचिने मात्र होइन, विधान मिचिँदै–मिचिँदै अहिले नेपाली कांग्रेसको विधान नै छ कि छैन भन्ने अवस्था भइसक्यो,’ उनले भने।

कांग्रेसको संस्थापनइतरले सुरु गरेको रूपान्तरण अभियान मधेस, बागमती, गण्डकी, कर्णाली हुँदै सुदूरपश्चिम प्रदेश पुगेको छ। सबै प्रदेशगत अभियान सकिएपछि जिल्ला र क्षेत्रगत अधिवेशन गर्ने तयारी गरिएको छ।

ad
ad