१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विमल, सिमन्त र लाकेन राष्ट्रिय टोलीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१५:oo

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले तीन नयाँ अनुहार समेट्दै भारतमा हुने पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका रक्षकद्वय विमल पाण्डे र सिमन्त थापासँगै मिडफिल्डर लाकेन लिम्बू पहिलोपटक टोलीमा स्थान बनाएका हुन् । विमल त्रिभुवन आर्मी, सिमन्त जावलाखेल युथका कप्तान र लाकेन थ्री स्टारबाट शीर्ष डिभिजन लिग खेलिरहेका छन् । मुख्य प्रशिक्षक अल्बेर्टाेले ६ देखि १८ असारसम्म बेंग्लोरमा हुने प्रतियोगिताका लागि बिहीबार अन्तिम २३ 
को नाम सार्वजनिक गरेका हुन् । 

आर्मीका जिलेस्पीजंग कार्की, थ्री स्टारका कप्तान विक्रम लामा, सातदोबाटोका सुदीप गुरुङ, फ्रेन्ड्सका अन्जल महर्जन, मनाङ मर्स्याङ्दीका आशिष गुरुङ, जावलाखेलका विशाल तामाङ र आर्मीकै दिनेश हेन्जन टोलीबाट बाहिरिएका छन् । सिमन्त र लाकेन पहिलो क्लोज क्याम्पबाटै टोलीमा स्थान बनाउन सफल भए । विमल पटक–पटक अन्तिम छनोटबाट बाहिरिने गरेका खेलाडीमा पर्छन् । 

यसपटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा हर्षित देखिएका विमलले डेब्यु अवसर पाउने आशा गरेका छन् । ‘धेरैपटक बाहिर रहेँ, लामो प्रतीक्षापछि मेरो मिहिनेत साकार भएको छ,’ ३१ वर्षीय सेन्ट्रलब्याक विमलले खुसी हुँदै नयाँ पत्रिकासँग भने, ‘पहिलोपटक टोलीमा स्थान बनाएको छु । डेब्युको आशा छ । अभ्यासमा झनै प्रमाणित गर्नेछु ।’

चर्च ब्वाइज, मच्छिन्द्र र एपिएफका चार खेलाडी
लिगमा एक चरण बाँकी रहँदा प्रशिक्षक अल्बेर्टाेले च्याम्पियन चर्च ब्वाइज, मच्छिन्द्र र विभागीय एपिएफ क्लबबाट समान चार खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान दिएका छन् । संकटाबाट तीन र आर्मीबाट दुई खेलाडी परेका छन् । जावलाखेल, सातदोबाटो, थ्री स्टार, मनाङ, पञ्जाब एफसी र पर्सिक केडेरीबाट समान एक खेलाडीले टोलीमा स्थान बनाए ।

चर्च ब्वाइजबाट कप्तान अनन्त तामाङ, मिडफिल्डर एरिक विष्ट र स्ट्राइकर अञ्जन विष्ट र आशिष चौधरी छन् । मच्छिन्द्रबाट कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठसँगै विमल घर्तीमगर, देभेन्द्र तामाङ र पुजन उपरकोटीले स्थान पक्का गरे । एपिएफबाट कप्तान नवीन लामा, मणिकुमार लामा, आवास लामिछाने र सनिस श्रेष्ठले स्थान पाए । संकटाबाट तीन खेलाडीमा निशान खड्का, आयुष घलान र मनीष डाँगी रहे ।

आर्मीबाट नवयुग श्रेष्ठ र विमलले टोलीमा स्थान बनाए । मनाङबाट दीप कार्की, जावलाखेलबाट सिमन्त, थ्री स्टारबाट लाकेन र सातदोबाटोबाट दीपकराजसिंह ठकुरीले स्थान बनाएका छन् । पञ्जाब एफसीबाट किरण र पर्सिक केडेरीबाट रोहित चन्द छन् । 

ad
ad