मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Friday, 28 August, 2026
२o८o जेठ २५ बिहीबार १३:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय रग्बी प्रतियोगिता इलाममा भोलिदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १३:२६:oo

२० वर्षमुनिको राष्ट्रिय रग्बी प्रतियोगिता शुक्रबारदेखि इलामको माई नगरपालिकामा हुने भएको छ। नेपाल रग्बी संघको आयोजनामा पुरुष तथा महिला दुवैतर्फको खेल शुक्रबार र शनिबार हुने भएको हो। 

दुवैतर्फको खेलमा पाँच–पाँच टिमको सहभागिता रहने रग्बी संघका अध्यक्ष विनोद कटुवालले जानकारी दिए। प्रतियोगितामा हिमालयन टाइगर रग्बी क्लब, हेटौँडा रगर्स, कटारी रग्बी क्लब, कर्णाली रग्बी क्लब र बर्दिबास रग्बी क्लबको सहभागिता रहने उनले बताए। 

‘यो प्रतियोगिता रग्बीको यू– २० राष्ट्रिय टोली छनोट खेल पनि हो,’ उनले भने, ‘यहाँबाट छनोट भएकाले अगस्ट १९ र २० मा हुने एसियन खेलमा राष्ट्रिय टोलीबाट सहभागिता जनाउनेछन्।’ 

प्रतियोगिता सेभेन ए साइड संरचनाअनुसार सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार र दोस्रो हुनेले ३० हजार प्राप्त गर्नेछन्। प्रतियोगितामा १३ लाख खर्च हुने र उक्त खर्च नेपाल रग्बी संघले व्यहोर्ने उनले बताए। 

पछिल्ला केही वर्षयता मात्र नेपालमा चर्चामा आएको यो खेल काठमाडौंकेन्द्रित मात्र हुँदै आएको कटुवालले बताए। यसलाई काठमाडौंबाहिर ल्याउन पनि माईमा राष्ट्रिय खेल गरिएको उनले बताए। नेपाल रग्बी संघले हालै विश्व रग्बी संघको सदस्यता पाएका कारण प्रतियोगिता महत्त्वपूर्ण हुने आयोजकले जनाएको छ।