मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २५ बिहीबार १२:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूमिगत पानी पुनर्भरणको व्यवस्था गर्न रास्वपा सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १२:५o:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद अर्यालले काठमाडौं उपत्यकामा १३ करोड लिटरभन्दा बढी भूमिगत पानी तान्ने गरिएकाले त्यसको पुनर्भरणको व्यवस्था गर्नुपर्ने बताएका हुन्। जसले जति पानी निकाल्छ, सोहीअनुरूप शुल्क तोक्न पनि उनले माग गरेका छन्।

‘दैनिक १३ करोड लिटरभन्दा बढी पानी तान्ने गरिएको छ। यसबारे सरोकारवाला निकायले जवाफ दिनुपर्छ कि पर्दैन ? कि जति पनि तान्न मिल्ने हो ? तर, अचम्म त के छ भने जसले जति पानी ताने पनि शुल्क भने वार्षिक २० हजार मात्रै तोकिएको छ । यो कसरी वैज्ञानिक भयो ? त्यसैले भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न र जसले जति पानी निकाल्छ, सोहीअनुसार शुल्क तोक्न म सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भने ।