मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २५ बिहीबार o६:३८:oo
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

काठमाडौंमा ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर साे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार o६:३८:oo

आगामी शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर साे आयोजना गरिएको छ । काठमाडौंको केएल टावरमा रहेको एफक्युब हलमा आयोजित उक्त साे आयोजना भएको छ । प्रिमियर साेमा निर्देशक तथा निर्मात्री दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउवा, निर्देशक तथा कलाकार नरेश पौडेल, डब्बु क्षेत्री, शोभित बस्नेत अभिनेता कृष्ण सिवाकोटी, मुकुन भुसाल, सलोन बस्नेत, मनीष राउत, गायक पवन गिरीलगायतका अतिथि उपस्थित थिए ।

विगतमा भन्दा यसपटक आयोजित यो चलचित्रको प्रिमियर कार्यक्रम असाध्यै छोटो बनाइएको थियो। यसअघिका कार्यक्रममा उपस्थित अतिथिहरूले औपचारिक कार्यक्रम असाध्यै लामो बनाइएको, धेरै वक्ता राखिएको भन्दै गुनासो गर्न थालेपछि यो चलचित्रको प्रिमियर साे असाध्यै छोटो बनाइएको चलचित्रका मिडिया सल्लाहकार रामजी ज्ञवालीले बताए । उनले भने, ‘प्रिमियर साेमा हामीले अतिथिहरूलाई चलचित्र देखाउने हो, उहाँहरूबाट प्रतिक्रिया लिने मात्रै हो । तर, अधिकांश प्रिमियर कार्यक्रम लामा हुन्छन्, यसपटक हामीले निकै छोटो गरायाैँ अनि चलचित्र देखाइयो। यसले अतिथिहरू खुसी भएको पाएँ ।’

प्रिमियर साेमा आयोजित छोटो औपचारिक कार्यक्रममा निर्देशक सरोज पौडेलले चलचित्र नितान्त मनोरञ्जनका लागि बनाइएकाले त्यसैअनुसार दर्शकबाट साथको अपेक्षा गरे । उनले भने, ‘हामीले यो एउटा प्रयास गरेका छौँ । अर्को कुरा मैले पनि यसै चलचित्रबाट निर्देशन यात्रा थालेको छु । आशा छ दर्शकले मेरो यो उद्योग आगमनलाई सहर्ष स्वीकार गर्नुहुनेछ ।’ त्यस्तै, कार्यक्रममा अभिनेता बुद्धि तामाङले अरू चलचित्रमा भन्दा यसपटक केही फरक प्रयास गरेको र दर्शकले चलचित्र हेर्दासम्म दिक्क नमान्ने बताए ।अभिनेता विनोद न्यौपानेले आफ्नो करिअरमा यो चलचित्रले छुट्टै अर्थ राख्ने उल्लेख गर्दै दर्शकबाट साथ र माया पाउने अपेक्षा राखे ।

समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको यो चलचित्रको ट्रेलर केही दिनअघि सार्वजनिक गरिएको थियो, यसलाई दर्शकले मन पराएका थिए। वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउन उतार–चढावलगायतका विषयवस्तुमा आधारित यो चलचित्र क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । नेपालबाहेक जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केही सहरमा पनि चलचित्र प्रदर्शनको तयारी गरिएको छ ।

तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कँडेल, स्व. जयनन्द लामालगायतका कलाकारको अभिनय देख्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र पनि हो ।

यो चलचित्रले केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो । मिलन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दीर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भीर विष्टको संयुक्त करियोग्राफी, शाश्वत श्रेष्ठको ब्याकग्राउन्ड म्युजिक रहेको चलचित्रका गीतहरूमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठलगायतका चर्चित गायकको आवाज सुन्न सकिन्छ । गीतका म्युजिक डिरेक्टर राज सागर हुन् ।