१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Wednesday, 19 June, 2024
२o८o जेठ २३ मंगलबार o६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार o६:१४:oo

आचार्य विष्णु गुप्त चाणक्य बस्ने आश्रम एउटा जंगलमा थियो । उनको आश्रमसम्म पुग्ने बाटो निकै अप्ठ्यारो थियो । आश्रमसम्म पुग्न धारिला चट्टान भएको बाटो पार गर्नुपथ्र्यो । उनीसित परामर्श गर्न र ज्ञानगुनका कुरा सिक्न टाढा–टाढाबाट दैनिक कैयौँ मानिस उनको आश्रमसम्म पुग्ने गर्थे । त्यतिखेर मानिसहरू खाली खुट्टा नै यात्रा गर्थे । जसले गर्दा चाणक्यको आश्रमसम्म पुग्दा उनीहरूले निकै सास्ती झेल्नुपथ्र्यो । आश्रमसम्म पुग्दा–नपुग्दै मानिसहरूका पैतालामा घाउ नै घाउ हुन्थ्यो र खुट्टा रक्ताम्य हुने गर्थे । 

यसै क्रममा एक दिन चाणक्यसित भेटघाट र विभिन्न विषयमा परामर्श गर्न गएका मानिसमध्ये एकजनाले भने– आचार्य, हजुरको आश्रममा आएर ज्ञानगुनका कुरा सुन्न पाउँदा जीवन सफल भएको अनुभूति हुन्छ । तर, हजुरको आश्रमसम्म आउने मार्ग भने अत्यन्त दुष्कर छ । हजुरको त सम्राट् चन्द्र गुप्तसित पनि राम्रो सम्बन्ध छ । हजुरले भन्नुभयो भने सम्राट्ले नाइँ भन्न सक्नुहुन्न । त्यसैले, हजुरको आश्रमसम्म आउने यस मार्गमा जनावरका भुवादार छाला बिछ्याउने व्यवस्था गर्नुप¥यो । त्यति गर्न सकियो भने यहाँसम्म आउने मानिसलाई निकै सजिलो हुने थियो । 

आगन्तुकको कुरा सुनेर चाणक्य मुसुक्क मुस्कुराए र भने– तपाईंले भनेको एकदमै ठिक हो मित्र ! तर, मार्ग त यहाँको मात्र होइन, जताततै यस्तै अवस्थामा छ । कहाँ–कहाँ मात्र छालाले बाटो ढाक्दै हिँड्नु ? त्यसो गर्नु सम्भव छैन । त्यसैले, यहाँको मार्गमा छाला बिछ्याउँदैमा तपाईंको समस्याको समाधान हुनेवाला छैन । बरु, यसको साटो तपाईं आफूले आफ्ना खुट्टालाई जनावरका छालाबाट सुरक्षित गर्न सक्नुभयो भने समस्याको समाधान सजिलै हुन सक्छ । चाणक्यको यही सुझावका कारण कालान्तरमा छालाको जुत्ताको विकास सम्भव भयो ।

ad
ad
ad
ad