१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एक लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘जाउँ हिँड रेसुंगा’ अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o७:oo

गुल्मीको रेसुंगा नगरपालिकाले ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुंगाको प्रचारप्रसारका लागि ‘जाउँ हिड रेसुंगा’ अभियान सुरु गरेको छ।

अभियानको नगरपालिकाका मेयर खिलध्वज पन्थीले शुभारम्भ गरेका हुन्। यो अभियानले नगरपालिकाभित्र पहिचान भएका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रवर्द्धन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलापमा वृद्धि, रुरुक्षेत्र, कालीगण्डकी, श्रृंगा, विचित्र गुफा, कंके देउरालीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोडेर सर्किट निर्माण गर्ने उद्देश्य बोकेको मेयर खिलध्वज पन्थीले बताए।

सिद्धबाबा मन्दिर, यज्ञशाला, तारा गुरुको आश्रमस्थल, रेसुंगा गौशाला, गर्जुरापार्क, भुवानेडाँडा, विचित्र गुफा, कंके देउराली, इस्मा दरबार, रुरु क्षेत्र, मुसिकोट दरबार, गुल्मी दरबार, धुर्कोट कोत र स्थानीय सांस्कृतिक, धार्मिक सम्पदा र चाडपर्वको संरक्षण, विकास र प्रचारप्रसारमा टेवा पुर्‍याउने अभियानको उद्देश्य रहेको पन्थीले बताए।

यसका लागि आर्थिक वर्ष ०८०–८१ मा आन्तरिक तथा बाह्य पर्यटकको संख्या एक लाखभन्दा बढी पुर्‍याउने, निजी क्षेत्रसँग समन्वय गरी साहसिक पर्यटन जिपलाइन, होटेललगायतको क्षेत्रमा लगानी वृद्धि गर्ने, आर्थिक वर्ष ०८०–८१ लाई रेसुंगा भ्रमण वर्ष घोषणा गरी कार्यक्रम अगाडि बढाइने रेसुंगा नगरपालिकाको लक्ष्य रहेको छ।

त्यस्तै, छिमेकी जिल्ला, प्रदेश र अन्य ठाउँमा स्थानीय सरकारसँग समन्वय गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने, गुल्मी जिल्लाबाट निजामती क्षेत्रमा भएको उपस्थितिबाट लाभ लिन कर्मचारीसँग विशेष कार्यक्रम, विमानको उडान संस्था वृद्धि, सडक सञ्जाल, छिमेकी जिल्लालाई जोडेर पर्यटन सर्किट निर्माणका लागि प्रयास गर्ने र लगानी सम्मेलनलगायतका काम गरिने मेयर पन्थीले बताए।

ad
ad