१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Tuesday, 25 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २२ सोमबार १३:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

‘नागरिकता विधेयक एमालेले ल्याएको अध्यादेशसँग हुबहु भए पनि विवादित बनाइयो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार १३:१५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताको विषयलाई अनावश्यक ढंगले विवादित नबनाउन आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले एमाले नेतृत्वकाे सरकारले तत्कालीन अवस्थामा ल्याएको नागरिकतासम्बन्धी अध्यादेश र  अहिले प्रमाणीकरण भएको विधेयक हुबहु उस्तै भए पनि विवादित बनाइएको बताए। 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशकाे विषय उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो अध्यादेश जारी गर्दा अहिलेका प्रतिपक्ष दलका नेता नै प्रधानमन्त्री हुनुहुन्थ्यो। हामी (माओवादी केन्द्र) पनि सरकारमा थियौँ। त्यहाँ के भनिएको थियो भने संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन्।’ 

तत्कालीन राष्ट्रपतिले प्रमाणीकरणसमेत गरिसकेको अध्यादेश र वर्तमान सरकारले ल्याएको विधेयकमा हुबहु उस्तै भए पनि विवाद झिकिएको उनको भनाइ छ। ‘यो परिस्थितिमा नागरिकताको विषयलाई अनावश्यक ढंगले विवादित बनाइयो। जनताले पनि के गरी बुझ्ने ? हामीले पनि के गरी बुझ्ने ? उनले भने, ‘जन्मसिद्ध नागरिकता पाएका आमाबाबुका छोराछोरीले नागरिकता पाउनुपर्छ भन्ने कुरा र आमाबाबुको कुरामा त हामी एकै ठाउँमा थियौँ। अहिले त्यही कुरा आउँदा हामी किन दुई ठाउँमा हुन बल गरेका छौँ ?’

ad
ad
ad
ad