मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २१ आइतबार ११:५६:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २१ आइतबार ११:५६:००

कपाल झर्नबाट रोक्नका लागि सबैभन्दा पहिले तपाईंको जीवनशैली व्यवस्थित हुनुपर्छ । भिटामिन, मिनरल्न र प्रोटिनको मात्रा मिलेको सन्तुलित भोजन लिनुस् । फलफूल, हरियो सागसब्जी, गेडागुडी, बदामलगायतमा प्रचुर मात्रामा पोषक तत्व हुन्छ । यस्तो सन्तुलित भोजनले कपाल स्वस्थ राख्छ र झर्नबाट रोक्न महŒवपूर्ण 
भूमिका खेल्छ । 

नियमित रूपमा टाउकोमा तेलले समाज गर्नुस् । यसले तपाईंको टाउमा रक्तसञ्चार बढाउँछ र कपाललाई स्वस्थ राख्न सहयोग गर्छ । तोरीको तेल, नरिवलको तेल, आल्मोन्डको तेल वा ओलिभ तेलले समाज गर्न सकिन्छ । स्याम्पु प्रयोग गर्नुभन्दा केही समयअघि मसाज गर्नु राम्रो हुन्छ । 

केमिकलयुक्त प्रडक्ट प्रयोग नगर्नुस् । बजारमा कपाल सफ्ट बनाउने, कलर गर्ने वा स्ट्रेट गर्ने विभिन्न केमिकल पाइन्छन् । तर, यस्ता केमिकलले केही समयपछि कपाललाई असर गर्छ । कपाल बिग्रने, सुक्खा हुने वा झर्ने समस्या देखिन्छ । आफ्नो कपाललाई सुहाउँदो स्याम्पु वा कन्डिसनर प्रयोग गर्न सक्नुहुन्छ । तर, कपाल राम्रो बनाउने नाममा अत्यधिक हिट दिने वा ड्राई गर्ने काम नगर्नुस् । 

घ्युकुमारीको रसले मसाज गर्दा पनि कपाल बलियो बन्छ । यसमा कपाललाई स्मुथ बनाउने, क्षति कम गर्ने र झर्नबाट रोक्न सक्ने गुण हुन्छ । कपाल धुनुभन्दा ३० मिनेटअघि घ्युकुमारीको ताजा रस वा जेलले टाउको मसाज गर्न सकिन्छ । ग्रिन टीको पनि प्रयोग गर्न सकिन्छ । 

अत्यधिक तनावले पनि कपाल झर्ने समस्या देखिन्छ । तसर्थ, तनाव कम लिनुस् । तनाव कम गर्न योगा वा मेडिटेसन गर्ने, आफूलाई मन लागेका काम गर्न सकिन्छ ।