१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर कारोबारमा कर बढाएको भन्दै लगानीकर्ता आन्दोलनमा, माग सम्बोधन नभए टिएमएस बन्द गर्ने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:३१:oo

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सेयर कारोबार गर्दा थप कर लगाएको भन्दै सेयर लगानीकर्ता आन्दोलित बनेका छन् । आर्थिक विधेयकमार्फत सरकारले व्यावसायिक सेयर कारोबारसरह नै कर तिर्नुपर्ने नियम लगाएको भन्दै दुई दिनदेखि लगानीकर्ता आन्दोलित बनेका हुन् ।  

विद्यमान पुँजीगत लाभकर दीर्घकालीन ५ र अल्पकालीन ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लगानीकर्ताले राखेका छन् । उनीहरूले करको दर परिमार्जन नगरी विद्यमानकै व्यवस्था लागू हुनुपर्नेमा जोड दिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले करमा गर्न खोजिएको नयाँ व्यवस्था परिमार्जन गर्नुपर्ने बताएका छन् । २१ गतेदेखि हुने बजेटको बुँदागत छलफलमा यसै विषयमा सशक्त रूपले आवाज उठाउने प्रतिबद्धता उनले जनाएका छन् । उनले भने, ‘सबै लगानीकर्ता एकजुट हुनुहोस्, अहिलेको यो समस्या साझा समस्या हो । ठूला र साना लगानीकर्ता सबैलाई मार पर्नेछ,  संसद्मा पनि कडा रूपमा प्रतिकार गर्छु ।’

माइतीघर मण्डलामा जम्मा भएका लगानीकर्ताले आगामी आइतबारका लागि आन्दोलनको कार्यक्रम तय गरेका छन् । लगानीकर्ता आइतबार बिहान अर्थमन्त्रीको घर घेराउ र दिउँसो ब्रोकर कार्यालयमा सिस्टम बन्द गर्न जाने भएका छन् । आर्थिक विधेयक परिमार्जन नभएसम्म आन्दोलन जारी राख्ने लगानीकर्ताले घोषणा गरेका छन् । बिहीबार पनि लगानीकर्ताले एकाध ब्रोकर कारोबार बन्द गराएका थिए ।

अर्थमन्त्रीले सेयर कारोबारमा कुनै प्रकारको कर नलगाएको बुधबार प्रस्टीकरण दिएका छन् । उनले सेयर कारोबार गर्दा ९९.९९ प्रतिशत कुनै पनि कर नलगाएको दाबी गरेका थिए । त्यस्तै, आन्तरिक राजस्व विभागले पनि विद्यमान पुँजीगत लाभकर यथावत् रहेको विज्ञप्तिमार्फत प्रस्ट पारेका छन् । तैपनि, लगानीकर्ता करको विषयलाई लिएर आक्रोशित भएका छन् । यही विषयलाई लिएर नेप्से परिसूचक दुई दिन घटेर बिहीबार भने केही सुधार देखिएको छ ।

ad
ad