मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ८ सोमबार
  • Monday, 25 September, 2023
सौरभ यादव राजविराज
२०८० जेठ १९ शुक्रबार १२:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ऐनविपरीत कर्मचारी नियुक्त प्रकरण : लोसपाले बुझायो ज्ञापनपत्र

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०८० जेठ १९ शुक्रबार १२:५९:००

राजविराज नगरपालिकाले स्थानीय सञ्चालन ऐनविपरीत कर्मचारी भर्ना गरेकोबारे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीले ज्ञापनपत्र बुझाएको छ।

लोसपाका राजविराज नगर संयोजक दीपेन्द्रकुमार चौधरीको नेतृत्वमा गएको नेता–कार्यकर्ताले कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ज्ञापनपत्र बुझाएको हो।

बुझाएको ज्ञापनपत्रमा बिटौरी जग्गा, कित्ताकाट, गाउँनगर ब्लकका जग्गाको लालपुर्जाका समस्याका साथै किसान, वृद्धवृद्धा, एकल महिला, लामखुट्टेको बढ्दो प्रकोप, भ्रष्टाचार, छाडा पशु चौपाया नियन्त्रण, ऐनविपरीत तोक आदेशमा कर्मचारी नियुक्त, माछाहाटको व्यवस्थापनलगायतका समेत गरी २० बुँदे समस्या उठान गरी अविलम्ब उक्त समस्या समाधान गर्न माग गरिएको छ।

उक्त माग सम्बोधन नभए लोसपाले आन्दोलन चर्काउने ज्ञापनपत्रमार्फत चेतावनी दिएको छ।