मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ९ मंगलबार
  • Tuesday, 26 September, 2023
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १९ शुक्रबार १२:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यकाबाहिरका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १९ शुक्रबार १२:०३:००

काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ।

महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौंबाट उपत्यकाबाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो। 

जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई सवारीसाधन गोँगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको हो। 

काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्कबाहिर रहेका टिकट काउन्टर हटाउन आग्रह गरेको छ। ‘काठमाडौंबाट उपत्यकाबाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँग  आग्रह गरिन्छ,’ महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ। 

बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरले जनाएको छ।

धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ। सूचनाको अटेरी गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्नेसमेत महानगरको सूचनामा उल्लेख छ।