मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
द इकोनोमिस्ट
२०८० जेठ १९ शुक्रबार ११:१०:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

चीन–अमेरिका चिप युद्धमा एसियाली कम्पनीहरू पनि तानिँदै 

Read Time : > 1 मिनेट
द इकोनोमिस्ट
२०८० जेठ १९ शुक्रबार ११:१०:००

जानकारीहरू प्रशोधन गर्ने ‘लजिक चिप’का विपरीत जानकारी भण्डारण गर्ने ‘मेमोरी चिप’ चीन–अमेरिकी प्रविधि–युद्धमा कम जोखिमपूर्ण देखिन्थे । यस्ता सेमिकन्डक्टर माइक्रोप्रोसेसरभन्दा कम उच्च प्रविधियुक्त हुने भएकाले पनि यी प्रविधिगत सर्वाेच्चता हासिल गर्ने शक्ति संघर्षको केन्द्रमा थिएनन् ।

तर, चीन सरकारले यही मे २१ मा अमेरिकी प्रविधि कम्पनी माइक्रोनले उत्पादन गरेको मेमोरी चिप्सलाई आफ्ना महत्वपूर्ण पूर्वाधार परियोजनामा प्रतिबन्ध लगाएपछि यसमा परिवर्तन भएको छ ।

प्रतिबन्धले अमेरिकी चिप उत्पादकलाई आघात पुर्‍याएको छ । माइक्रोनले सन् २०२२ मा मुख्य भूमि चीनबाट ११ प्रतिशत आय गरेको थियो । प्रतिबन्धसँगै ट्रान्सप्यासिफिक चिप युद्धमा एउटा नयाँ मोर्चा खुलेको छ, जसमा भौगोलिक हिसाबले चीनसँग नजिक रहेका, तर अमेरिकाका सहयोगी देशहरू सामेल हँुदै गएका छन् ।

प्रतिबन्धले दक्षिण कोरियाका विश्वप्रसिद्ध दुई कम्पनी सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स, जो विश्वका दुई ठूला मेमोरी चिप उत्पादक हुन्, सतनका लागि अवसर सिर्जना गरेको छ । सन् २०२१ मा मेमोरी चिपको कुल बिक्रीको आयमा चीनको बिक्रीबाट सामसङले १६ र हाइनिक्सले ४४ प्रतिशत आय गरेका थिए । माइक्रोन बाहिरिँदा यी दुई कम्पनीले थप ठेक्का हात लगाउन सक्छन् । यहीकारण, लगानीकर्ता उत्साहित हुँदा सामसङको सेयरमूल्य अहिले सन् २०२२ को अप्रिलयताकै उच्च विन्दुमा छ भने एसके हाइनिक्स गत अगस्टयताको उच्च बिन्दुमा छ । 

तथापि, अमेरिकी र चिनियाँ हितको समिश्रणका कारण अप्रत्याशित लाभ प्राप्त गर्न दक्षिण कोरियाका चिप निर्माताहरूले कठिनाइ पनि साक्षात्कार गरेका छन् । राष्ट्रपति जो बाइडन प्रशासनले सियोलस्थित आफ्ना समकक्षीलाई दक्षिण कोरियाली कम्पनीहरूलाई चीनियाँ मागअनुसार मेमोरी चिप आपूर्ति नगर्न कुनै आधिकारिक आग्रह भने गरिसकेको छैन । तर, रोक्न पर्दापछाडि रहेर लबिङ गरिरहेको बताइएको छ । आणविक शक्तिसम्पन्न उत्तर कोरियाबाट जोगाउन दक्षिण कोरियामा तैनाथ साढे २८ हजार अमेरिकी सैनिकको उपस्थितिले अमेरिकी आग्रह मान्न उसलाई दबाब पर्नेछ ।


विश्वमा माइक्रो चिप्सको हाहाकार, ताइवानको एकाधिकार


हुन त, सियोलले चीनसँगको व्यापारिक सम्बन्ध बिगार्न खासै रुचि देखाएको छैन । सन् २०२२ मा दक्षिण कोरियाले कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को नौ प्रतिशत अर्थात् एक खर्ब ५६ अर्ब अमेरिकी डलरबराबरको सामान निर्यात र लगभग उत्तिकैको आयात गरेको थियो । यसले उसलाई चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनाएको छ । यहीकारण, गत मे २४ मा दक्षिण कोरियाली सरकारले अमेरिकालाई प्रतिबन्धका नियम पुनरावलोकन गर्न औपचारिक रूपमा नै आग्रह गर्‍यो । 

वर्तमान प्रतिबन्धअनुसार यी चिप निर्माताहरूको उन्नत चिप्सको चिनियाँ उत्पादन १० वर्षमा पाँच प्रतिशतभन्दा बढी विस्तार भयो भने ती अमेरिकी अनुदानबाट वञ्चित हुनेछन् ।दक्षिण कोरियाले चीनसँग सावधानीपूर्वक व्यापार गरिरहेको छ । सामसङ र एसके हाइनिक्सलाई निर्देशित गर्ने कुनै पनि प्रयासले पहिले नै क्रोधित बेइजिङलाई थप क्रोधित बनाउन सक्ने खतरा छ ।