Skip This
विश्वमा माइक्रो चिप्सको हाहाकार, ताइवानको एकाधिकार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १ सोमबार
  • Monday, 17 June, 2024
२o७९ फाल्गुण १ सोमबार १o:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

विश्वमा माइक्रो चिप्सको हाहाकार, ताइवानको एकाधिकार

कोरोना महामारीबीच माइक्रो चिपको माग ह्वात्तै बढ्यो, जसको आपूर्तिमा दुई वर्षपछिसम्म पनि सुधार हुन सकेको छैन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १ सोमबार १o:३७:oo

सन् २०२२, अक्टोबरमा विश्वकै ठूलो कार निर्माता कम्पनीले एउटा गम्भीर समस्या भोग्नुर्‍यो । स्विडेनको लग्जरी कार ब्रान्ड भोल्भोले एक हप्ता कम्पनी बन्द गर्ने घोषणा गर्‍यो । जापानको टोयोटा कार कम्पनीको अवस्था पनि यस्तै भयो । उसले उत्पादन लक्ष्य घटाउनुपर्‍यो । यसको कारण गाडीको माग कम भएर होइन, कार निर्माणमा प्रयोग हुने सेमिकन्डक्टर अर्थात् माइक्रो चिप हो ।

कोरोना महामारीबीच माइक्रो चिपको माग ह्वात्तै बढ्यो । बढ्दो मागलाई पूरा गर्न मुस्किल भयो । तर, त्यसको दुई वर्ष पनि सेमिकन्डक्टर आपूर्तिमा अझै सुधार हुन सकेको छैन । माइक्रो चिप बनाउने प्रमुख देश ताइवान हो । अहिले अमेरिका र चीनले पनि यसको उत्पादनमा अर्बौं डलर लगानी गरिरहेका छन् । 

दक्ष चिप :  माइक्रो चिपको प्रयोग मोबाइल फोन र कम्प्युटर अपरेटिङ सिस्टमदेखि एड्भान्स कम्प्युटर र मेडिकल मेसिनमा पनि हुन्छ । एउटा सानो र पातलो सिलिकन चिपमा तारको संरचना हुन्छ । यस्तै, सेडिकन्डक्टर अर्थात् माइक्रो चिप विभिन प्रकारका हुन्छन् । डेटा संग्रह गर्ने मेमोरी चिपजस्तै लजिक चिप पनि हुन्छ, जुन कम्प्युटर प्रोसेसरमा काम लाग्छ । तेस्रो भनेको माइक्रो चिप हो । यो निकै शक्तिशाली हुन्छ । आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) मार्फत जटिल कम्प्युटर र सुपर कम्प्युटरमा यसैको प्रयोग हुन्छ । र, यो स्वचालित कारमा प्रयोग हुन्छ । 

हार्वर्ड केनेडी सेन्टरमा माइक्रो चिप्सँग जोडिएका वरिष्ठ शोधकर्ता तथा ताइवानका पूर्वसांसद जेसन सूका अनुसार एड्भान्स माइक्रो चिपको विकास ‘मोर्स ल’को सिद्धान्तमा चल्छ । अर्थात्, प्रत्येक दुई वर्षमा नयाँ जेनेरेसनको चिपको आकार छोटो हुँदै जान्छ भने दोब्बर शक्तिशाली पनि । जटिल र विशाल डेटा प्रोसेसिङमा यसको शक्ति दोब्बर हुँदै जान्छ भने आकार आधा कम हुँदै जान्छ ।

माइक्रो चिपको आकार न्यायोमिटरमा मापन हुन्छ । ताइवानमा बनिरहेको एड्भान्स माइक्रो चिप केवल तीन न्यानोमिटर हुन्छ । अढाई करोड एड्भान्स चिप एक इन्चबराबर भए झैँ यसको आकार यहीँबाट अनुमान लगाउन सकिन्छ । माइक्रो चिप शक्तिशाली त हुन्छ नै, त्यसको उत्पादन पनि निकै कठिन हुन्छ । यसलाई एड्भान्स ल्याबमा बनाइन्छ, जसलाई फ्याब भनिन्छ । जेसनका अनुसार हलिउडका फिल्मजस्तै यस्ता ल्याब अत्यधिक महँगो हुन्छ । यसको बजेट पनि उत्तिकै अधिक हुन्छ । एउटा फ्याब ल्याब बनाउन झन्डै २० अर्ब डलरका साथै समय पनि वर्षौं लाग्छ । 

विश्वमा माइक्रो चिप बजारको ४० प्रतिशत हिस्सा ताइवान सेमिकन्डक्टर उत्पादक कम्पनी अर्थात् टिएसएमसीसँग छ । गत वर्ष टिएसएमसीले पाँच हजारभन्दा बढी कम्पनीका लागि १२ हजारभन्दा बढी प्रकारका चिप्स बनाएको थियो । 

विश्वका प्रसिद्ध कम्पनीले मात्र यस्ता ल्याब बनाउँछन् । प्रशिक्षित र कुशल इन्जिनियरले त्यहाँ काम गर्छन् । यसको नक्कल पनि सजिलै गर्न सकिँदैन । फ्याब ल्याबको अर्को विशेषता भनेको यो कहिल्यै बन्द हुँदैन । ल्याबमा दुई–तीन सिफ्टमा इन्जिनियरले काम गरिरहेका हुन्छन् । यसमा लगातार परिवर्तन हुन्छ, निर्माण प्रक्रिया बदलिन्छ । माइक्रो चिपमा ताइवान सधैँ अग्रणी रहिरहनेछ । 

ताइवानको टेक्नोलोजी नियम :  माइक्रो चिप सन् १९५० को दशकमा पहिलोपटक अमेरिकी एक कम्पनी टेक्सास इन्स्ट्रुमेन्ट्सका इन्जिनियर ज्याक क्युबीले बनाएका थिए । यसको प्रयोग पहिले पकेट क्याल्कुलेटरमा गरिन्थ्यो । पछि मोबाइल फोन र अन्य इलेक्ट्रोनिक उत्पादनमा हुन थाल्यो । 

टफ्स विश्वविद्यालयका प्रोफेसर क्रिस मिलरका अनुसार इलेक्ट्रोनिक उत्पादनमा ताइवान पछिल्लो पाँच दशकयता प्रमुख देश बनिरहेको छ । सन् १९७० को दशकमा मोरिस चेन नामक इन्जिनियरले ताइवानमा चिप बनाउने कम्पनी निर्माणका लागि त्यहाँको सरकारलाई आमन्त्रण गरी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी स्थापना गरे । त्यसयता कम्पनीको कारोबार बढ्दै गयो र आज विश्वमै सर्वाधिक बिक्री हुने ९० प्रतिशत एड्भान्स माइक्रो चिप यही कम्पनीमा बन्छ । विश्वमा माइक्रो चिप बजारको ४० प्रतिशत हिस्सा ताइवान सेमिकन्डक्टर मेनुफ्याक्चरिङ कम्पनी अर्थात् टिएसएमसीसँग छ । यो कम्पनीले एप्पलसँग पनि काम गर्छ ।

गत वर्ष टिएसएमसीले पाँच हजारभन्दा बढी कम्पनीका लागि १२ हजारभन्दा बढी प्रकारका चिप्स बनाएको थियो । चिप्समा ताइवानको लगभग एकाधिकारजस्तै छ । क्रिस भन्छन्, ‘यीमध्ये अधिकांश माइक्रो चिप्स चीनमा निर्यात हुन्छ । चीनमा यसको प्रयोग मोबाइल र विश्वभर सप्लाई हुने कैयौँ इलेक्ट्रोनिक चिजमा हुन्छ । विश्वका कैयौँ देश यसका ग्राहक छन् ।’

यो उद्योग ताइवानको शीर्ष स्थानमा पुग्नुअघि जापान र अमेरिकाको कम्पनी अगाडि थिए । उनीहरूले मेमोरी र लजिक चिप बनाउँथे । क्रिसका अनुसार अब चिप उद्योग दुई भागमा विभाजित छ । एउटा, चिप डिजाइन गर्ने र अर्को त्यसको उत्पादन गर्ने । पहिले जुन कम्पनीले डिजाइन गथ्र्यो, उसैले उत्पादन पनि गथ्र्यो । तर, अब एप्पल, एमडीजस्ता कम्पनीले डिजाइन मात्रै गर्छन् भने त्यसको उत्पादन अरू नै कम्पनीले गर्छन् । अब टिएसएमसी सर्वाधिक विशिष्ट चिप बनाउने ठूलो कम्पनी हो ।

चीनको रणनीति :  विश्वमा माइक्रो चिपको सबभन्दा ठूलो उपभोक्ता भनेको चीन हो । टिएसएमसीका दुई माइक्रो चिप प्लान्ट चीनमै छन् । चीन माइक्रो चिपमा आत्मनिर्भर हुन चाहन्छ । उसले आफ्ना सेनाको आधुनिकीकरण र मानवअधिकारमाथि अंकुश लगाउने हतियार निर्माणमा चिप उद्योगमा ठूलो भूमिका चाहन्छ । चीनले स्वयं माइक्रो चिप बनाउन सन् २०१४ मा २२ अर्ब डलरको कोष स्थापनासमेत गरेको थियो । 

कुनै पनि चिजको माग र आपूर्तिलाई सन्तुलनमा राख्दा उतारचढाव आउँछ नै । तर, विश्वको आवश्यकता पूरा गर्ने चिप आपूर्तिका लागि आवश्यक कच्चा माल, प्रविधि, कौशलता र साधन उपलब्ध छन् । तर, आकारमा सानो यो प्रविधिका कारण ताइवान अमेरिका र चीनजस्ता महाशक्तिबीचमा फसेको छ । अमेरिकाको बराबरीमा आउन चीन यो प्रविधिमा अर्बौं डलर खर्च गरिरहेको छ भने अमेरिकाले त्यसलाई रोक्न उसैगरी अर्बौं डलर खर्चिरहेको छ । 
– बिबिसी
 

ad
ad
ad
ad