१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एकैदिन नबिल बैंकका ३८ नयाँ शाखा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:o२:oo

नबिल बैंक लिमिटेडले एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको अवसर पारेर बैंकले बिहीबार केन्द्रीयस्तरमा विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्‍घाटन गरेको हो । 

‘नबिल बैंक अब तपाईंसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्‍चालनमा ल्याइएको उल्लेख छ । त्यस्तै, कोसी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठवटा र बैंकका सञ्चालक निर्वाण चौधरीले आठवटा शाखाहरू उद्घाटन गरेको जनाइएको छ । त्यस्तै, सञ्चालक आशा राणा अधिकारीले थप आठवटा र अर्का सञ्चालक अनन्त पौड्याल र प्रवीण टिबडेवालाले थप सात–सातवटा शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ । डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या दुई सय ५५ पुगेको जनाइएको छ । बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्ना शाखाहरू निरन्तर  विस्तार गरेको बैंकले जनाएको छ ।

 

 

ad
ad