प्रधानमन्त्री प्रचण्डसँग डोभाल र क्वात्राको भेटवार्ता

बुधबार, १७ जेठ, २०८०
डिजिटल संस्करण
प्रधानमन्त्री प्रचण्डसँग डोभाल र क्वात्राको भेटवार्ता

तस्बिर : प्रदीपराज वन्त

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री प्रचण्ड रहेको होटेल मौर्यमा भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ। 

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चारदिवसीय भ्रमणका लागि आज नयाँदिल्ली पुगेका हुन्। 

सुझावित समाचार