मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका नयाँदिल्ली
२०८० जेठ १६ मंगलबार ०८:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय संसदमा नेपाललाई झस्काउने नक्सा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
२०८० जेठ १६ मंगलबार ०८:२१:००

अहिले आधुनिक संसद् भवन बनाएको भारतले अखण्ड भारतको नक्सामा सिद्धार्थ गौतम (बुद्ध) जन्मे, हुर्केको लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारतको नक्सामा समावेश गरेको छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको नयाँ संसद् भवनमा अंकित अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएको पाइएको छ । यसअघि भारतले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई एकतर्फी रूपमा आफ्नो नक्सामा समावेश गरेको थियो ।

अहिले आधुनिक संसद् भवन बनाएको भारतले अखण्ड भारतको नक्सामा सिद्धार्थ गौतम (बुद्ध) जन्मे, हुर्केको लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारतको नक्सामा समावेश गरेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई झस्काउने गरी नेपाली भूभागमा पर्ने लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारत भन्दै नक्सामा समावेश गरेको छ ।

यसलाई लिएर परराष्ट्र मन्त्रालयका अधिकारी नै आश्चर्यमा परेका छन् । अखण्ड भारत भनेर इतिहास दर्साउन खोजिएको हो कि भविष्य हो भनेर स्पष्ट भएपछि प्रतिक्रिया दिने परराष्ट्र अधिकारीको तयारी छ । 

अखण्ड भारत नक्सामा पाकिस्तानको तक्षशिलालाई पनि समेटिएको छ । भारतका केन्द्रीय संसदीय मामिलामन्त्री प्रह्लाद जोशीले अखण्ड भारतको संकल्प स्पष्ट रहेको उल्लेख गरेका छन् ।

भाजपा लोकसभा सांसद मनोज कोटकले नयाँ संसद्मा अखण्ड भारतको नक्साले शक्तिशाली र आत्मनिर्भर भारतको प्रतिनिधित्व गरेको उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यमले भने प्राचीन समयका महत्वपूर्ण साम्राज्यका सहर देखाइएको अखण्ड भारत विभाजन पहिलेको नक्सा भएको उल्लेख गरेका छन् ।